काठमाडौं — मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघि मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो ।

नियमित बैठक भएपनि सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीे सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।