काठमाडौं — काठमाडौंको डल्लुमा ट्याङ्करले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ । आज सोमबार विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्याङ्करले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका रियानी देउलाको मृत्यु भएको हो ।

भक्तपुर घर भएका बालिकाको परिवार डल्लुमा भाडामा बस्दै आएका थिए । उनीहरु बस्ने भन्दा पल्लो घरमा पानी खन्याएर फर्किँदै गरेको ट्याङ्करले सडकमा साइकल चलाइरहेकी बालिकालाइृ ठक्कर दिएको प्रहरीले जनाएको छ ।