प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली र काङ्ग्रेसका सभापति देउवा, फाइल तस्वीर
काठमाडौं — देशका मुख्य तीन ठूला पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आज दिउँसो उहाँहरूबीच देशको समसामयिक विषय र बदलिंदो राजनीतिक घटनाक्रमको विषयलाई भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो ।
हिजो आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि तीन ठूला दलका शीर्ष नेताबीच सिंहदरबारमा पहिलो पटक भेटवार्ता भएको हो ।