प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्हाल्ने हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० कोटाबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त हुनुभएका मन्त्रीहरुले हिजो आइतबार मन्त्री पदबाट राजीनामा दिएपछि उहाँहरुले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीको सिफारिसमा ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टीको निर्णयपछि रास्वपाबाट सरकारमा रहेका शिक्षामन्त्री खनाल, श्रममन्त्री अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुभएको थियो ।