फाइल तस्वीर
काठमाडौं — टर्कीमा गएको शक्तिशाली भूकम्पप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । टर्कीमा गएको भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री दाहालले दुःख व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्थानीय समयअनुसार आज बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।