फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सहभागी भएका मन्त्रीहरुले पदबाट राजीनामा दिएको भोलिपल्ट आज पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारमा रहँदा र आफुले गरेका कामको बारेमा सार्वजनिक गर्न आज सोमबार पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

हिजो आइतबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा हुने बताइएको छ ।