फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रमुख सचेतकहरु बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीले बैठकमा विभिन्न दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक सम्बन्धि छलफल गर्नुभएको स्रोतले बताएको छ । बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।