फाइल तस्वीर
काठमाडौं — मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्दै छ । मन्त्रिपरिषद्को बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् नियमित बैठक हप्ताको दुई पटक सोमबार र बिहीबार बस्ने प्रचलन छ ।

आज हुने मन्त्रिपरिषद्को बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी हुनेछैन । रास्वपाका मन्त्रीहरुले हिजो आईतबार सरकारबाट बाहिरिदै मन्त्री पदबाट राजीनामा दिएका थिए ।