फाइल तस्वीर
काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आईतबार दुई दिनसम्म चलेको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकले महाधिवेशनको मिति तय गरेकोे हो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन अर्को वर्ष फागुनमा गर्ने निर्णय छ । आगामी २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने र पार्टी सङ्गठन सुदृढ गर्न आगामी जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय समेत गरेको छ ।
आईतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको पार्टी प्रवक्ता खतिवडाले बताउनुभयो । प्रवक्ता खतिवडाले ‘आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौं’— भन्नुभएको छ ।