फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक आगामी आइतबार अर्थात् यहि माघ २९ गते हुने भएको छ । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आगामी आइतबार बस्ने केन्द्रीय कमिटीको पाँचौँ बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र साङ्गठनिक सुदृढीकरणबारे छलफलको एजेण्डा हुनेछ । बैठकको एजेण्डा तय गर्न आगामी बिहिबार अर्थात यहि माघ २६ गते सचिवालय बैठक बोलाइएको छ ।

बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।