काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ । बैठक अहिले बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
प्रचण्डले प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने विजनेस लगायतका बारेमा दलको आधिकारिक राय लिनका लागि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको हो ।

संसद्मा सांसद्हरूको भूमिकामात्र नभई राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे पनि छलफल हुन बताइएको छ ।