फाइल तस्वीर
काठमाडौं — सत्ता गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा रहेका रास्वपाका मन्त्रीहरुले पार्टीको निर्णय अनुसार आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएर सरकारबाट बाहिरिन लागेका हुन् ।
आज आईतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा दिन् भएका हुन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति समेत रहनु भएका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आजै राजीनामा बुझाउने जानकारी दिनुभएको छ ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मन्त्री पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिनुहुने भएको छ ।