फाइल तस्वीर
जलेश्वर — महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा. १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा ती बालिकालाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार जीपको ठक्करबाट मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेकी छन् । उक्त दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।