काठमाडौं — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आज दिउँसो १ बजेबाट प्रारम्भ भएको बैठकमा बाधा अड्काउ फुकाउ आदेश पेश हुँदैछ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ हुनुभएकोबारे सदनलाई जानकारी गराउनुहुनेछ ।