काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक केहीबेरअघि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी बैठकमा सरकारमा बस्ने कि बाहिरिने भन्ने विषयमा अन्तिम निर्णय हुने बताइएको छ ।
बैठकअघि सभापति रवि लामिछानेले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्नुभएको थियो । उक्त भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय बाहेकका मन्त्रालय प्रस्ताव गर्नुभएको थियो ।
निर्णायक भन्दै शनिबार बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि अहिले रास्वपा बैठकमा यसबारे छलफल भइरहेको छ ।