काठमाडौं — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख चार हजार एक सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ । अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।