काठमाडौं – नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । जबराको आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
१४ वर्षमा मेट्रिक पास गर्नुभएका जबरा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्नुभएको थियो ।
राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ती दिँदा उहाँको उमेर मात्र २९ वर्ष थियो ।
जबराले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गर्नुभएको थियो । त्यसपछि व्यवसायमा पनि लाग्नुभयो । उहाँले हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म स्थापना गर्नुभएको थियो ।