फाइल तस्वीर
काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगनमन गर्दै आफुले अघिल्लो पटक निरीक्षण गर्दा दिएको निर्देशन अपेक्षित रुपमा कार्यान्वयन नभएको बताउनु भएको छ ।
शनिबार बिहान दोस्रो पटक विमानस्थलको अनुगमन गर्न पुग्नु भएका मन्त्री किराँतीले तुलनात्मक रुपमा विमानस्थलको सुधार गर्न खोजिए पनि चित्तबुझ्दो सुधार हुन नसकेको भन्दै तत्काल सुधारका कार्यक्रमलाई चुस्तता दिन निर्देशन दिनुभयो ।
मन्त्री किरातीले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरु चित्तबुझ्दो किसिमले कार्यान्वयन नभएको भन्दै आजको अनुगमनमा टर्लिमा ब्रेक नभएको पाइएकोले तत्काल त्यसलाई सुधार गर्न निर्देशन निर्देशन दिनुभयो ।
मन्त्री किराँतीले आज (शनिबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनका क्रममा ‘तुलनात्मक रुपमा सुधार छ तर चित्तबुझ्दो रुपमा सुधार छैन । हिजो निर्देशन गरिएका कुराहरु सम्पूर्ण रुपमा पूरा गर्न र आज देखिएको टर्लिमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन गरिसकेको छु । बाँकी जतिपनि त्रुटि देखेको छु, सम्बन्धित निकायमा कडाइका साथ अझै निर्देशन गर्नेछु । सुधार गर्नुपर्ने धेरै कुरा छ, म बाँकी निर्देशन गर्नेछु’— भन्नुभयो ।
गत माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दै मन्त्री किराँतीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिनुभएको थियो ।