फाइल तस्वीर
काठमाडौं — सत्ता विपक्षी गठबन्धनले आगामी २३ गते सोमबार हुने राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । शनिबार बिहान सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी गठबन्धनको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएअनुसार विपक्षी गठबन्धनले उपाध्यक्षमा कसलाई उम्मेदवार उठाउने भनेर भोलि टुङ्गो लगाउने भएको छ । बैठकपछि नेता लेखकले ’सङ्घीय संसद्मा भएको विपक्षी दलका नेताहरूको बैठक सम्पन्न भएको हो । राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवारी दिने कुराकानी भयो’ —सञ्चारकर्मीसँग कुरा गर्दै भने । बैठकमा काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी पाटीर्, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको थियो ।
कुल ५८ सदस्य रहेको राष्ट्रियसभामा एमालेका १५ जना, माओवादी केन्द्रका १५ जना, काङ्ग्रेसका १० जना, एकीकृत समाजवादीका ८ जना, जसपाका ३ जना, लोसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र १÷१ जना सांसद छन् भने राष्ट्रपतिबाट मनोनीत ३ जना छन् । अङ्कगणितीय हिसावले हेर्दा राष्ट्रियसभाको उपाध्यक्षमा सत्ता पक्षका उम्मेदवार नै निर्वाचित हुने निश्चित प्रायः देखिन्छ ।