फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आज शुक्रबारको लागि तय गरिएको स्थायी समितिको बैठक पुनःस्थगित भएको छ । आज तय गरिएको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष एवम् प्रचण्ड उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताको कारण देखाउँदै सो पार्टीको स्थायी समितिको बैठक पटक पटक स्थगित हुँदै आएको छ । स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने तय भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जानुभएकोले भएको र त्यहाँबाट फर्किएपछि नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्रीसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसँग अपरान्ह चार बजे मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन इस्माइलले भेट्ने कार्यक्रम छ ।