काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार दिउँसो १ बजे बस्नेगरी सरेको हो ।
बैठक प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताका कारण सार्नु परेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताउनुभयो ।