काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण पटकपटक सर्दै आएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो ।
यसअघि बैठक बुधबार र बिहीबार गरी तीनपटक सारिएको थियो ।
बैठकमा समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ ।