काठमाडौं — प्रहरीले बैंकिङ कसुरमा दोषी ठहर भई जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका १९ घर भई काठमाडौंको शान्तिनगर बस्दै आएका ४३ वर्षीय भुवनबहादुर माझी पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै १ करोड १९ लाख ७३ हजार ६ सय रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।