काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ सय ५७ जनामा पीसीआर विधिबाट तथा ६ सय ९३ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर १६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।