परराष्ट्रमन्त्री डा. विमला राई पौडेल, फाइल तस्वीर
काठमाडौं — परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आज श्रीलङ्का जाँदै हुनुहुन्छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै मन्त्री पौडेल श्रीलङ्का जान लाग्नु भएको हो ।
मन्त्रीबनेपछि पौडेल देशको प्रतिनिधित्व गर्दै पहिलोपटक विदेश भ्रमणमा जान लाग्नु भएकी परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्का भ्रमणका क्रममा राजनीतिक भेटघाट र राजनीतिक महत्त्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री पौडेलले श्रीलङ्का भ्रमणका क्रममा दक्षिण एसियाली सहयोग सङ्गठन सार्कलाई चलायमान बनाउने विषयमा सम्भव भएसम्म साइडलाइनमा कुराकानी गर्नुहुने बताइएको छ ।
भोलि शुक्रबार मन्त्री पौडेलले श्रीलङ्काली समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । सोही दिन मन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबर्द्धने र राष्ट्रपति रनिल बिक्रमासिंघेसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।