काठमाडौं — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । मौसममा आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने न्यून रहेको छ ।

भोलि शुक्रबार दिउँसो पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो प्रदेश नं. १ लगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ । राति प्रदेश नं. १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भाग सामान्यतया सफा रहनेछ ।