काठमाडौं — परराष्ट्र सचिव भरतराज पौड्याल र यूरोपेली यूनियन (इयू) का मानव अधिकार प्रतिनिधि इमन गिल्मोरबीच बेल्जियममा भेटवार्ता भएको छ ।
युरोप भ्रमणमा रहनुभएका परराष्ट्र सचिव पौड्याल र गिल्मोरबीच मानव अधिकार संरक्षण र प्रवर्द्धनका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको बेल्जियमस्थित नेपाली दूतावासले जनाएको छ ।
गिल्मोरले भेटवार्ताका सम्बन्धमा ट्वीट गर्दै सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको उल्लेख गर्नुभएको छ । उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रगतिलाई आफूले स्वागत गरेको पनि जनाउनुभएको छ । उहाँले नेपालको शान्ति प्रक्रियाबाट धेरै कुरा सिक्न सकिने पनि उल्लेख गर्नुभयो ।