फाइल तस्वीर

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँहरुबीचको भेटमा राष्ट्रपति निर्वाचन र गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।

पछिल्लो समय समसामयिक राजनैतिक घटनाक्रमले सत्ता गठबन्धनभित्र खटपट देखिएको छ । नागरिकतासम्बन्धि मुद्दा प्रकरणमा गृहमन्त्री पद गुमाएका रवि लामिछानेले फेरि गृहमन्त्री नै बनाउनुपर्ने अडान लिदैं आउनुभएको छ । तर प्रधानमन्त्री प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उहाँलाई तत्काल गृह मन्त्रालय दिने सोचमा हुनुहुन्न ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । यसैबीच सत्ता गठबन्धनमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुन लागेको हो ।