काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । बैठक भोलि बस्ने गरी स्थगित गरिएको बताइएको हो ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।