काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक भएको हो । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन –आ.व. २०७८र ०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

हेर्नुस् कार्यसूची: