काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने अन्य भूभागहरूको मौसम सामान्यतया सफा देखिन्छ । तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु÷कुहिरो लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।