पोखरा — नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले लामिछानेमाथिको निलम्बन फुकुवाको निर्णय गरेको हो ।
बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले हिजो मङ्गलबार सर्वोच्चमा निवेदन दिएको थियो । उच्च अदालतको आदेशविरुद्ध मङ्गलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको हो । महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ ।