काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । बैठक मध्यान्ह्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
बैठकमा नेताहरूको कार्यविभाजन र जिम्मेवारीका विषयमा छलफल हुनेछ । यसअघि मङ्गलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँडको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो । मङ्गलबारका लागि बोलाइएको बैठक पार्टीको सङ्गठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले आजका लागि सारिएको थियो ।
बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने बताइएको छ । महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो । तर, कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।