काठमाडौं — काठमाडौं महानगरपालिका र नेपाल ल क्याम्पसबीच महानगर अन्तर्गतका ३२ वटै वडा कार्यालयहरूमा निःशुल्क कानुनी सेवा उपलब्ध गराउने समझदारी भएको छ ।

समझदारीपत्रअनुसार महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत् तयार गर्न, मौखिक रुपमा कानुनी परामर्श सेवा दिने कार्य हुने भएको हो ।

नेपाल ल क्याम्पसमा अध्ययनरत एलएलएम, एलएलबी तथा विए एलएलबी तहमा अध्ययनरत विद्यार्थीहरूबाट कार्यालय अवधिभर वडा कार्यालयहरू र केन्द्रीय कार्यालयमा बसी सेवा प्रदान गरेबापत १५ हजार मासिक सुविधा उपलब्ध गराउने सर्त रहेको छ । यसबाट महानगरबासीलाई निशुल्क कानुनी सेवा उपलब्ध हुने निश्चित भएको छ ।