परराष्ट्रमन्त्री पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत चौधरी,तस्वीर रासस
काठमाडौं — परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री पौड्याल र बङ्गलादेशी राजदूत चौधरीबीच दुई देशको हवाई उडान, पर्यटन तथा कृषि क्षेत्रका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल र ढाकाबीच हवाई उडान सुरु गर्न राजदूत चौधरीसँग आग्रह गर्नभएको छ । उक्त भेटका अवरमा दुई देशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री पौडेलसँगको भेटमा राजदूत चौधरीले श्रीलङ्काको आगामी ७५औं स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुनुहुने बङ्गलादेशी विदेशमन्त्री डा.एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन आग्रह गर्नुभएको छ ।