काठमाडौं– नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा ११० औँ स्थानमा रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले आज मङ्गलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सिपिआई)–२०२२ सार्वजनिक गरेको हो ।
जसमा नेपाललाई १०० मा ३४ अङ्क दिएर ११० औं स्थानमा राखेको छ । यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देशमा पर्दा सोमालिया १२ अङ्क प्राप्त गरी १८०औँ स्थानमा रहेर सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ ।
भारत ४० अङ्कसहित भ्रष्टाचार हुने मुलुकको ८५औँ स्थानमा रहँदा चीन ४५ अङ्क प्राप्त गरी ६५औँ स्थानमा रहेको छ ।