फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले देशको आर्थिक सङ्कटप्रति ध्यानाकर्षण गदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आज मङ्गलबार ज्ञापनपत्र बुझाएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउनु भएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसहित पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाल र उपमहासचिव गङ्गालाल तुलाधर लगायतका नेताहरू प्रधानमन्त्री प्रचण्डलाई उक्त ज्ञापनपत्र बुझाउन बालुवाटार पुग्नु भएको थियो ।

एकीकृत समाजवादीले हाल देशको चरम आर्थिक सङ्कट, बैंकको ब्याजदरमा असमान वृद्धिका सार्थ सर्वसाधारणले नागरिकले भोग्नु परेको समस्या र समयसामयिक आर्थिक विषयहरुलाई समेटेर ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्रीज्यूलाइ ज्ञापन पत्र - Copy_page-0001
प्रधानमन्त्रीज्यूलाइ ज्ञापन पत्र - Copy_page-0003
प्रधानमन्त्रीज्यूलाइ ज्ञापन पत्र - Copy_page-0004