काठमाडौं — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक आज मध्यान्ह १२ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ । हिजो सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो ।