फाइल तस्वीर

काठमाडौं — माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधिमण्डलले मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुदाँ सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुदाँ देशको आर्थिक अवस्था नाजुक हुदैँ गएको भन्दै नेकपा एसले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।