काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो ।
भेटमा स्थानीय सरकारको मातहतमा रहेका सहकारी संस्थालगायत वित्तीय संस्थाहरुको नियमन, निरीक्षण र दुरगामी नीति÷कार्यविधि तर्जुमा गर्नेबारे छलफल भएको महानगरले जनाएको छ ।
आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय पनि गरिएको छ ।