प्रतिकात्मक तस्वीर
पोखरा — आत्मदाह गर्ने पुरुषलाई बचाउन जाँदा घाइते भएकी पोखरा–१३ की सङ्गीता सापकोटाको निधन भएको छ । ३५ वर्षीय उनको गएराति उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।
आफ्नै शरीरमा आगो लगाउने ४५ वर्षीय कृष्ण क्षेत्री घाइते छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । खुट्टा, हात र अनुहार जलेका उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
मृतक सङ्गीता कृष्णको घरबेटी हुन् । बचाउन गएकी भनिएकी सङ्गीताको शरीरको भाग बढी जलेपछि घटना झनै रहस्यमय बनेको छ । घटनाको सुरुवात, आगो कसले र कसरी लगायो भन्ने विषयमा फरक–फरक कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।