तस्वीरः प्रधानमन्त्रीको सचिवालय
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ । आज सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर शाह बालुवाटार पुग्नुभएको हो ।
पछिल्लो समय मेयर शाहका कामकारबाहीलाई लिएर काठमाडौंका बासिन्दाहरूले विरोधसमेत गरिरहेका छन् । निजी सम्पत्तिमा महानगरले क्षति पु¥याएको भन्दै आन्दोलनसमेत भइरहेको छ । शाहले महानगरका कामकारबाहीमा सङ्घीय सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेको बताउनुभएको छ ।
काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उहाँ प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको आशङ्का गरिएको छ । थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले सङ्घीय सरकारको साथ खोज्दै आउनुएको छ ।