फाइल तस्वीर
काठमाडौं — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । बैठक गृह मन्त्रालयबारे छलफल गर्न अहिले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएपछि गृहमन्त्रालयको दाबी गरेका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने नेपाली नागरिकता प्रमाणपत्र नभएको भन्दै शुक्रबार सांसद पद खारेजीसंग सबै पद गुमाएका रविले हिजो आइतबार नेपाली नागरिकता लिएर रास्वपाको पुनः सभापति भएपछि गृह मन्त्रालयबारे छलफल गर्न उनी बालुवाटार पुगेका थिए ।

आइतबारै बसेको रास्वपा केन्द्रीय समितिको बैठकले गृह मन्त्रालय दाबी गर्ने र रविलाई नै पुनः मन्त्रीमा पठाउने निर्णय गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री दाहालसँग ३ घण्टा लामो छलफल गरेर बालुवाटारबाट बाहिरीए लगत्तै रवि बालुवाटार पुगेका हुन् । तर, नेकपा माओवादी केन्द्रले भने गृह मन्त्रालय दिन नसक्ने अडान लिएको छ । सोही विषयमा छलफल गर्न माओवादी केन्द्रले आज पदाधिकारी बैठक बोलाएको हो ।