काठमाडौँ – राहदानी विभागले आजदेखि एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागका अनुसार सेवा सहज बनाउन आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्टको व्यवस्था हुने भएको हो ।
अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था थियो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागको विश्वास छ ।
विभागका अनुसार आज १६ गते प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइनेछ ।
