काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

उहाँहरुबीच भएको भेटमा पछिल्लो राजनीतिक अवस्था ,गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।