काठमाडौं — यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई), आगामी १७ चैतदेखि सुरु हुने भएको छ । यही माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई परीक्षा आगामी १७ देखि २९ चैतसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको चैत्र १७ गते शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुने भएको छ ।

एसईई परीक्षा चैत्रको २९ गते सकिने तालिकामा उल्लेख छ ।