काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशको तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ मा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ । भोलि आइतबार दिउँसो बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।