फाइल तस्वीर
काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको बहस सहिएको छ । पक्ष, विपक्ष र सरकारी वकिलले बहस गरेपछि उक्त मुद्दाको सुनुवाइ सकिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमाथिको मुद्दाको संवैधानिक इजलासमा सुनुवाई भएको थियो । उपप्रधानमन्त्री लामिछानेको पक्षबाट कानून व्यवसायीहरु नरेन्द्र केसी, आशिष अधिकारी, सुदिग्य पन्त, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गर्नुभएको थियो ।
यस्तै निवेदकको पक्षबाट कानून व्यवसायीहरु सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गर्नुभएपछि सो मुद्दाको सुनुवाइ सकिएको हो । पक्ष विपक्ष र सरकारी वकिलको बहस सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशहरु यतिबेला फैसलाको तयारीमा जुट्नु भएको छ ।
कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा यसअघि बुधबार पनि पक्ष र विपक्षमा बहस भएको थियो ।