काठमाडौं — सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आज अपरान्ह ३ः५९ बजे बस्ने भएको हो ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विधेयकबारे राष्ट्रियसभा सदस्यहरूले आ–आफ्नो धारण राख्नुहुनेछ ।