फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठकमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि आज नेताहरूले आफ्नो धारणा राख्ने हुनुभएको हो ।
हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुका साथै प्रतिवेदनसमेत पेश गर्नुभएको थियो । ‘ब्रिफिङ’मा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्वाचनको परिणाम, त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे उल्लेख गर्दै उहाँले काङ्ग्रेससँगको गठबन्धन छाडेर सरकार गठनका लागि एमालेसँग भएको समिकरणसम्मका बारेमा पार्टी सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।
त्यसैगरी आगामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका बारेमा पनि अध्यक्षले सुझाब माग्नुभएको थियो । यस्तै विभिन्न पार्टीसँग एकता गर्ने विषयमा निर्णय गर्न केन्द्रिय समिति बैठक बोलाउने तयारी छ ।